लन्डन र बर्लिनमा सरकारविरुद्ध सडकमा उत्रिए प्रदर्शनकारी-Sutra News

लन्डन र बर्लिनमा सरकारविरुद्ध सडकमा उत्रिए प्रदर्शनकारी

शनिबार, १३ भाद्र २०७७

शनिबार, १३ भाद्र २०७७

लन्डन- विश्वमै कोरोना भाइरसको महामारीको अक्रान्त मचाइरहेका बेला जर्मनी र बेलायतमा भने त्यसकै विरुद्धमा हजारौं प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन्।



कोरोना भाइरसको ‘फेक’ हल्ला र कोरोना भाइरसमाथि राजनीति भइरहेकोको भन्दै जर्मनीको बर्लिन र बेलायतको लन्डनमा प्रदर्शन गरिएको छ। बीबीसीका अनुसार फ्रान्सको पेरिसमा समेत प्रदर्शन गरिएको छ।

सरकारले नागरिकलाई भ्रम फैलाएर थुन्ने काम गरेको भन्दै प्रदर्शनकारीहरु सडकमा ओर्लिएर सरकारविरुद्ध नाराबाजी गरेका छन्।

उनीहरुले कोरोनाबारे भ्रम फैलाएर नागरिकको स्वतन्त्रता हनन गरेको डर देखाउन गलत सूचना प्रवाह गरेको आरोप लगाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट