निर्मलाको निम्ति न्याय माग्दै भ्योमा र डी वानको ‘अति भो’-Sutra News

निर्मलाको निम्ति न्याय माग्दै भ्योमा र डी वानको ‘अति भो’

शनिबार, १३ भाद्र २०७७

शनिबार, १३ भाद्र २०७७

काठमाडौं- महिना दिनअघि ‘ढाका धोती’ बोलको गीत ल्याएर चर्चामा आएका र्‍यापर भ्योमा र डी वानले आफ्नो नयाँ गीतमा भने निर्मलाको निम्ति न्यायको माग गरेका छन्। उनीहरुले गीतमा मानवता, न्याय र महिला हिंसाको विषयलाई प्रस्तुत गरेका छन्।



दुई वर्षअघि साउन महिनाको १० गते कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तले न्याय पाउनुपर्ने भन्दै उनीहरुले गीतबाट आह्वान गरेका छन्। गीतको सुरुवातमै उनीहरुले ‘निर्मलाको लागि’ भन्दै गीतको सुरुवात गरेका छन्।

समाजमा बलात्कारका घटना बढेको र महिलाले आफूलाई सुरक्षित महसुस गर्न नसकेको कुरा उनीहरुले गीतमा प्रस्तुत गरेका छन्। त्यस्तै, ‘छोटा लुगा लगाएर उत्ताउलो भएर हिँड्दा बलात्कार भयो’जस्ता कुतर्क गर्नेहरुको निम्ती उनीहरुले गीतबाटै भनेका छन्, ‘खराब लुगा होइन्, हाम्रो सोच हो।’

त्यस्तै, कानुन पनि देखावटीमात्रै भएको उनीहरुको गीतको शब्दले बोलेका छन्। उनीहरुले गीतमा भनेका छन्, ‘ राष्ट्रपति नारी भएको देशमा नारीले नै न्याय पाएका छैनन्।’

शनिबार गीत भ्योमाको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतको शब्द भ्योमा र डी वानले नै लेखेका छन् भने भिडियोलाई राजिव गहतराजले खिचेका छन्। गीतको निर्देशन पनि गायकद्वयले गरेका छन्।

गीतमा नेपालीसँगै अवधि भाषाको पनि प्रयोग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट