काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्य मन्त्री भानुभक्त ढालको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का कर्माचारीलाई कोरोना संक्रमण देखिएपछि यी तीनै मन्त्री क्वारेन्टाइनमा बसेका थिए। छाउनीस्थित सिसिएमसी सचिवालय रहेको रेञ्जर गणमा जाँदा उनीहरूको ती कर्मचारीसँग भेट भएको थियो ।
उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा क्वारेन्टाइनमा बसेपछि शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको थियो। बैठक १८ भदौको लागि तोकिएको छ।