सीपीएल क्रिकेट : जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट-Sutra News

सीपीएल क्रिकेट : जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट

आइतबार, १४ भाद्र २०७७

आइतबार, १४ भाद्र २०७७

एजेन्सी- जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसलाई ३७ रनले हराएको छ।



नेपाली लेग स्पिनर सन्दीप लामिछाने सहभागी जमैकाले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा १ सय १० रनमा अल आउट भयो। जमैकाको जितमा कार्लोस ब्रेथवेटले ३.४ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ३ विकेट लिए।

विरसामी पेरुमलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिदा सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। फिडेल एडवारर्ड्सले ४ ओभरमा ३९ रन खर्चेर २ विकट लिए। मुजिब उर रहमानले ४ ओभरमा १२ रनखर्चेर १ विकेट लिए।

पहिलो ओभरको चौथो बलमा तीव्र गतिका बलर फिडेल एडवार्ड्सले ओपनर क्रिस लिनलाई ८ रनमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए। स्पिनर विरसामी पेरुमलले आठौं ओभरको पहिलो बलमा रामदिनलाई विकेटकिपर चाडविक वाल्टनबाट १३ रनमा क्याच गराए। पेरुमलकै १०औं ओभरमा ठूलो सट खेल्ने प्रयास गरेका ओपनर काइरन पवेल २१ रनमा स्टम्पिङ आउट भए।

त्यसअघि नवौं ओभरको पहिलो बलमा कार्लोस ब्रेथवेटले बेन डंकलाई २ रनमा बोल्ड आउट गरे। ब्रेथवेटले नै रायद इम्रिटलाई ५ रनमा क्याच आउट गराए। एडवार्डसले निकलाई १६ रनमा बोल्ड आउट गरे । सन्दीपले इभिन लुईसलाई १६औं ओभरको पाँचौ बलमा रोभमान पवेलबाट २१ रनमा क्याच आउट गराए।

त्यसअघि क्विन्स पार्क ओभलमा टस जितेर ब्याटिङ रोजेको जमैकाले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो। ओपनर ग्लेन फिलिप्स ६१ बलमा २ चौका र ६ छक्का सहित ७९ रनमा अविजित रहेका थिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट