सुनसरीमा भदौ १७ सम्म निषेधाज्ञा-Sutra News

सुनसरीमा भदौ १७ सम्म निषेधाज्ञा

आइतबार, १४ भाद्र २०७७

आइतबार, १४ भाद्र २०७७

सुनसरी- कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पुनः निषेधाज्ञा थपेको छ। शनिबार जिल्ला प्रशासनमा कार्यालयमा सुरक्षा निकायका प्रमुखहरु, गाउँ तथा नगरपालिका प्रमुखहरु र व्यापारी व्यवसायीहरु सहभागी बैठकले अरू ३ दिन निषेधाज्ञा थप्ने निर्यण गरेको हो।



अब भदौ १७ गते मध्यरातिसम्म जिल्लाभर निषेधाज्ञा लागू हुने प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिए।

यसअघि भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो। काठमाडौं उपत्यकामा पनि भदौ १७ गतेसम्म नै निषेधाज्ञा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट