एम्बुलेन्स दुर्घटना दुईको मृत्यु, गर्भवतीसहित चार गम्भीर घाइते-Sutra News

एम्बुलेन्स दुर्घटना दुईको मृत्यु, गर्भवतीसहित चार गम्भीर घाइते

आइतबार, १४ भाद्र २०७७

आइतबार, १४ भाद्र २०७७

स्याङ्जा–वालिङ नगरपालिका–५, मजकोटमा एम्बुलेन्स दुर्घना हुँदा चार घाइते भएका छन्। वालिङ चापाकोट भित्री सडकखण्डमा काठमाडौंबाट चापाकोट जाँदै गरेको बा २ झ ४०११ नंको एम्बुलेन्स आज बिहान ५ बजे सडकदेखि अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।



घाइते हुनेमा चापाकोट नगरपालिका–९, की २८ वर्षीया पवित्रा पोखरेल र ३५ वर्षीय भानुभक्त गैरे, चापाकोट–१०, का २५ वर्षीय श्याम पङ्गेनी र एम्बुलेन्स चालक चापाकोट नगरपालिका–९, का ३१ वर्षीय सुरेन्द्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

घाइतेहरुको गह्रौं प्राथमिक अस्पताल वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये पवित्रा पोखरेल गर्भवती रहेको र काठमाडौंबाट घर आएको प्रहरीले जनाएको छ। चालक भण्डारीबाहेक अरु सबै गम्भीर छन्। घाइतेको टाउको र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट