मलाई कोरोनाका लक्षण देखिएको छैन : विनोद चौधरी-Sutra News

मलाई कोरोनाका लक्षण देखिएको छैन : विनोद चौधरी

आइतबार, १४ भाद्र २०७७

आइतबार, १४ भाद्र २०७७

काठमाडौं–उद्योगपति विनोद चौधरीले आफूलाई कोरोनाको लक्षण नदेखिएको बताएका छन्। उनले शुक्रबार आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका थिए।



संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसिरहेका उद्योगपति तथा सांसद चौधरीले आइतबार फेसबुकमा स्टाटस लेख्दै आफूमा कोरोनाको कुनै लक्षण नभएको जानकारी गराएका हुन्।

विभिन्न माध्यमबाट मानिसहरूले माया र उत्प्रेरणा दिइरहेकाले कोरोनालाई जित्ने आत्मबल मिलेको उनले स्टाटसमा लेखेका छन्।

‘कोरोना संक्रमण पुष्टि भएपछिका यी दुई दिनमा हरेक माध्यमबाट उत्प्रेरणा दिनुहुने सम्पूर्ण महानुभावप्रति म अनुग्रहित छु। तपाईंहरूको अपार माया देखेर म भावुक भएको छु, चौधरीले लेखेका छन्, ‘अहिलेसम्म ममा कोरोनाका कुनै लक्षण देखिएका छैनन्। घरमै आइसोलेसनमा बसिरहेको छु। तपाईंहरूको यति धेरै मायाले कोरोनालाई जित्न सक्नेछु भन्ने आत्मबल मिलेको छ।’

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट