काठमाडौं- नेपाली सेनाका एक जवानले आफैंले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका छन्। जंगी अड्डामा कार्यरत तनहुँ रानी पोखरी घर भएका दामोदर क्षेत्रीले आइतबार बिहान २ः४५ बजे आत्महत्या गरेको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार घटनाबारे नातेदारलाई जानकारी गराइ सकिएको र नेपाल प्रहरीले घटनास्थल तथा शव प्रकृति मुचुल्का तयार गरी पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।
उक्त घटनाको आवश्यक अनुसन्धान सुरु गरिएको पनि सेनाले जानकारी दिएको छ।