स्वस्तिमाको पहिलो फिल्मको पारिश्रमिक १५ हजार-Sutra News

स्वस्तिमाको पहिलो फिल्मको पारिश्रमिक १५ हजार

आइतबार, १४ भाद्र २०७७

आइतबार, १४ भाद्र २०७७

काठमाडौं- अभिनेत्री स्वस्तिमा खड्काले पहिलो चलचित्रमा काम गर्दा सम्झौताअनुरुप पारिश्रमिक नपाएको खुलाएकी छिन् । आफ्नो आधिकारिक युट्युब च्यालनमा प्रश्नोत्तर भिडियो राख्दै उनले पहिलो फिल्म ‘होस्टेल रिर्टन्स’मा १५ हजार पारिश्रमिकमा सम्झौता भएता पनि पारिश्रमिकको आधा रकममात्रै पाएको उनले खुलाएकी हुन् ।



 डिजे एन्जल्स नामक व्यक्तिले सोधेको प्रश्नको जवाफ दिँदै उनले भनेकी छन्, ‘मैले पहिलो चलचित्रमा काम गर्दा १५ हजारमा सम्झौता भएको थियो । आधा पारिश्रमिक पाउन बाँकी नै छ।’

पैसाभन्दा पनि बढी प्लेटफर्म अर्थात् अवसरको आवश्यकता भएकाले पारिश्रमिक नपाएकोमा उनको खासै चित्तदुखाइ छैन । बरु उल्टै त्योबेला आफूलाई चलचित्रमा अभिनय गर्न दिएकोमा उनले चलचित्र निर्माण पक्षलाई  धन्यवाद दिएकी छन्। ‘त्योबेला पैसाभन्दा पनि मलाई प्लेटफर्म आवश्यक थियो। पहिलो चलचित्रमा काम पाएकाले नै मैले सिक्न पाएँ, यहाँसम्म आउन पाएँ। त्यसमाथि त्योबेला यो रकम पनि धेरै थिए,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट