नेपालमा कोरोनाको अहिलेसम्मकै उच्च संक्रमण, एकैदिन १२२१ संक्रमित थपिए, मृत्यु हुनेको संख्या २२१ पुग्यो-Sutra News

नेपालमा कोरोनाको अहिलेसम्मकै उच्च संक्रमण, एकैदिन १२२१ संक्रमित थपिए, मृत्यु हुनेको संख्या २२१ पुग्यो

आइतबार, १४ भाद्र २०७७

आइतबार, १४ भाद्र २०७७

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरि गरिएको पीसीआर परीक्षणबाट यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले ब्रिफिङमा जानकारी दिइयो। योसँगै कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ।



त्यस्तै हालसम्म २० हजार ८२२ जना कोरोनामुक्त भएका छन्। आइतबार थप २६७ जना कोरोनामुक्त भएका थिए।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १४ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ जनाको मृत्यु भएको छ।

त्यस्तै नेपालमा अहिले १७ हजार ५१८ जना देशभरिका विभिन्न आइसोलेसनमा रहेका छन्। मन्त्रालयका अनुसार ७ हजार ७९७ जना विभिन्न क्वारेन्टमा रहेका छन्।

नेपालमा हालसम्म ६लाख ८२ हजार ३४३ पीसीआर परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट