भारतमा ७९ हजार बढीमा कोरोना संक्रमण-Sutra News

भारतमा ७९ हजार बढीमा कोरोना संक्रमण

सोमबार, १५ भाद्र २०७७

सोमबार, १५ भाद्र २०७७

काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै ७९ हजार ४५७ जना कोरोना संक्रमित भएका छन्। योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख १९ हजार १६९ पुगेको छ।



संक्रमितमध्ये अहिलेसम्म २७ लाख ७२ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८१ हजार ६२४ जनाको उपचार भइरहेको छ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६४ हजारभन्दा बढीको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ९६० जनाको मृत्यु भएपछि भारतमा मृत्यु हुनेको संख्या ६४ हजार ६१७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट