वीरगन्जमा थप ३८ जनालाई देखियो कोरोना-Sutra News

वीरगन्जमा थप ३८ जनालाई देखियो कोरोना

सोमबार, १५ भाद्र २०७७

सोमबार, १५ भाद्र २०७७

काठमाडौं- वीरगन्जमा थप ३८ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको छ।



नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा थप ३८ जनामा संक्रमण देखिएको हो।

संक्रमितमध्ये पर्साका ३२, बाराका ४, सर्लाहीका एक जना छन्। अर्का एकजना व्यक्तिको भने परिचय खुलेको छैन। संक्रमितहरूमा ३० जना पुरुष र ८ जना महिला छन्।

संक्रमित हुनेमा ६ वर्ष देखि ७० वर्ष उमेर समुहका व्यक्ति छन्। कुल ४ सय ३६ जनाको परीक्षण गर्दा ३८ जनाको पोजेटिभ देखिएको हो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट