नेपालमा कोरोना विरुद्धको खोपको तत्काल परीक्षण नगरिने-Sutra News

नेपालमा कोरोना विरुद्धको खोपको तत्काल परीक्षण नगरिने

सोमबार, १५ भाद्र २०७७

सोमबार, १५ भाद्र २०७७

काठमाडौं- नेपालमा तत्कालका लागि कोरोना भाइरस विरुद्धको खोपको सामूहिक परीक्षण नगरिने भएको छ।



विज्ञसहित वृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता पर सार्ने निर्णय गरिएको हो। तर, खोपको विश्वसनीयताका विषयमा थप अध्ययन अनुसन्धान भने जारी रहनेछ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा.प्रदीप ज्ञवालीका अनुसार विश्वका विभिन्न विषय र क्षेत्रमा राजनीतिक, आर्थिक, सामरिक लगायत विषय पनि जोडिने भएकाले तिनको विषयवस्तुमा ध्यान दिँदै त्यस्ता गलत गतिविधिबाट नेपाल जोगिन सामूहिक खोप परीक्षणको सम्भावना पर सार्ने निर्णय गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट