चितवनका थप ५३ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

चितवनका थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार, १५ भाद्र २०७७

सोमबार, १५ भाद्र २०७७

चितवन- चितवनका थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालाबाट आइतबार राति प्राप्त विवरण अनुसार ५३ जनामा संक्रमण पुष्टि भएको हो।



धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरू सबैजना भरतपुर महानगरपालिकाका रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ। संक्रमण पुष्टि हुनेहरु १० महिने शिशुदेखि ६५ वर्षीया वृद्धासम्म छन्। ती मध्ये २१ जना पुरुष र १४ जना महिला रहेका छन्।

प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीका अनुसार भरतपुरमा आइतबार राति गरिएको परीक्षणमा चितवनका १८ जना, गोरखा, रुपन्देही र पूर्वी नवलपरासीका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरू मध्ये ६ जना महिला र ६ जना पुरुष छन्। उनीहरूको भरतपुर अस्पताल स्वाब केन्द्र, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो।

यसैगरि गोरखाका ४० वर्षीय पुरुष, रुपन्देहीका ६५ वर्षीया महिला र पूर्वी नवलपरासीका २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। उनीहरूको भरतपुर अस्पताल, क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट