काठमाडौं- कांग्रेस केन्द्रीय सदस्य कमला पन्तले १४ औँ महाधिवेशनमा उमेरका आधारमा भन्दा एजेण्डाका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताएकी छिन्।
गिरिजाप्रसाद कोइराला फाउण्डेशनले महिला नेत्री मंगलादेवी सिंहको २४ औं स्मृति दिवसका अवसरमा आइतबार साँझ आयोजना गरेको ‘कोभिड–१९ पछिको नयाँ विश्वमा नेपालमा महिला नेतृत्व’ विषयक भर्चुअल छलफलमा पन्तले सो कुरा बताएकी हुन्।
पार्टीभित्र महिलाको एकता भएमात्रै चाहेको अधिकार प्राप्त गर्न सकिने बताउँदै पन्तले १४ औं महाधिवेशनमा उमेरभन्दा एजेण्डाका आधारमा नेतृत्व चयन गर्नुपर्ने धारणा राखिन्।
उनले भनिन्, ‘१४ औँ महाधिवेशनमा उमेरका आधारमा भन्दापनि एजेण्डाका आधारमा नेतृत्व चयन गर्नुपर्छ र नेपाली महिलाहरु पार्टीभित्र एक ठाउँमा उभिन सकेमात्र चाहेको अधिकार प्राप्त गर्न सक्छौँ।’