ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजारभन्दा बढी-Sutra News

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजारभन्दा बढी

सोमबार, १५ भाद्र २०७७

सोमबार, १५ भाद्र २०७७

एजेन्सी–कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घन्टाभित्र १६ हजार जनाभन्दा बढीको संख्यामा सङ्क्रमितहरु भेटिएका छन्। प्राप्त समाचारअनुसार पछिल्लो २४ घण्टामा मात्र १६ हजार १५८ जना कोभिड १९ का सङ्क्रमित भेटिएका बताइएको हो। तर, अधिकारीहरुले यो संख्या भने पहिलेको भन्दा कम भएको पनि बताएका छन्।



त्यसैगरी यहाँ गएको २४ घन्टामा ३६० जनाको मृत्यु भएको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ ३६० जनाको गएको २४ घन्टामा नै निधन भएको हो। यहाँ यस अघिका दिनहरुको तुलनामा सङ्क्रमितको संख्यामा भने कमी आएको बताइएको छ। अघिल्लो हप्तामा दिनमा ५० हजार जना सम्ममा पनि सङ्क्रमण देखिएको थियो।

तर, त्यो संक्रमणको संख्या घटेर १६ हजारमा आएको देखिएको छ। सङ्क्रमितको संख्याका साथै मृत्युमा पनि कमी आएको पनि सो मन्त्रालयले जानकारी दिएको छ। सो मन्त्रालयले दिएको जानकारीअनुसार ब्राजिलमा मृत्यु हुने संक्रमितको संख्या १ लाख २० हजार ८०० पुगेको छ।

यहाँ सङ्क्रमित संख्या लाखौँ पुगेका छ। प्राप्त पछिल्लो समाचारअनुसार यहाँ ३८ लाख ६२ हजार ३११ जनामा सङ्क्रमण भएको पाइएको छ। शनिबार मात्र पनि यहाँ ४० हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका थिए। त्यस्तै मृत्युको संख्या ७०० भन्दा पनि बढी थियो। त्यसको तुलनामा आइतबार कम देखिएको बताइएको छ।

यहाँका ३० लाखभन्दा बढी नागरिक भने निको भएर घर फर्किएका छन्। यहाँ संयुक्त राज्य अमेरिकापछि धेरै संक्रमित देखिएका बताइएको छ। ब्राजिल लामो समयदेखि नै अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुने देशको सूचीमा रहेको छ। अमेरिकामा कोरोना भाइरसका करिब ६० लाख मानिस सङ्क्रमित पाइएका छन्।

पछिल्लो समाचारमा अमेरिकामा मात्र कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १ लाख ८३ हजार पुगेको बताइएको छ। अमेरिकामा संक्रमण र मृत्युको संख्या दिनप्रतिदिन बढिरहेको देखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट