स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै-Sutra News

स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै

सोमबार, १५ भाद्र २०७७

सोमबार, १५ भाद्र २०७७

बाँके- राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमसँगै औषधि उपचारमा सहुलियत भएपछि बर्दिया जिल्लाको राजापुर नगरपालिकाका बासिन्दा खुसी भएका छन्। जिल्लाको दुर्गमा क्षेत्र मानिने यस नगरपालिकामा बिमा  कार्यक्रमपछि स्वास्थ्योपचारका लागि निकै सहज भएको छ।



सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमअनुसार गरिबको परिचय पत्र भएका आफूहरुको घरमै आएर बिमा भएपछि सहुलियत दरमा औषधि पाएपछि निकै राहत मिलेको उनीहरु बताउँछन्।

राजापुर नगरपालिका–४, निवासी लक्ष्मी थारुले भने, ‘सरकारले बिमा गरिदिएकाले पाँच जनाको आफ्नो परिवारका सदस्यले निःशुल्क उपचार पाएका छौँ।’ राजापुर स्वास्थ्य चौकीमा २४ सै घन्टा विमित बिरामीको औषधोपचारको व्यवस्था गरिदिन उनले माग गरे।

स्थानीय सरस्वती चौधरीले पनि शारीरिक रुपमा अशक्त आफ्ना बुबा, आमाको उपचारमा बिमा कार्यक्रमले निकै सहयोग पुगेको बताए। राजापुर नगरपालिका-४, को बिमा दर्ता सहयोगी कार्यकर्ता रीता चौधरीका अनुसार यहाँका करिब ५०० घरधुरीका वासिन्दाको स्वास्थ्य बिमा गराइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट