डोटीमा एक साताका लागि निषेधाज्ञा-Sutra News

डोटीमा एक साताका लागि निषेधाज्ञा

सोमबार, १५ भाद्र २०७७

सोमबार, १५ भाद्र २०७७

डोटी- जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामा निषेधाज्ञा जारी गरेको छ। जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि डोटीमा गए राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।



आइतबार बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले गए राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको र सोही अनुरुप निषेधाज्ञा जारी भएको डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए।

निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेक सबै सवारीसाधनलाई पूर्ण रुपमा बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट