काठमाडौं-होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका वडा नंं–५, की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको हो।
भदौ ११ गते कोरोना पोजेटिभ रिपोर्ट आएकी ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा आइतबार राति बाटोमै मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले सूत्रन्युजलाई जानकारी दिए।