नेकपाका नेता शोभाखर चापागाईको कोरोनाबाट मृत्यु-Sutra News

नेकपाका नेता शोभाखर चापागाईको कोरोनाबाट मृत्यु

सोमबार, १५ भाद्र २०७७

सोमबार, १५ भाद्र २०७७

चितवन- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ। उनी श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए। उचारका क्रममा आज विहान उनको निधन भएको अस्पतालले जनाएको छ।



भरतपुर महानगरपालिका वडा नं-६, केदरबाग निवासी ८७ उनका भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ। उनी ज्येष्ठ कम्युनिस्ट मञ्च चितवनको सदस्य थिए। कम्युनिस्ट नेता एवं उनका समकालीन विष्णु घिमिरेका अनुसार चापागाई विसं २०२५ मा गठित ननसेन्टरबाट राजनीतिमा आबद्ध भएका हुन्।

जिल्ला नेता हरि सापकोटाका अनुसार चापागाईको राजनीतिसँगै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान रहेको छ। उनकै नेतृत्वमा स्थानीय अन्नपूर्ण दुग्ध उत्पादक सहकारी स्थापना भई हाल नेपालकै उत्कृष्ट सहकारीका रुपमा रहेको छ। नेता चापागाई विसं १९९९ असार १९ गते स्याङ्जाको रामकोटमा जन्मिएका हुन्।

उनी विसं २०२४ मा बसाइँसराइ गरी चितवन झरेका थिए। भतिज शिव चापागाईका अनुसार चापागाईका १०२ वर्षका आमा, श्रीमती, पाँच छोरी, एक छोरा र नातिनातिना रहेका छन्। चापागाईको असामयिक निधनपछि नेकपा चितवनले गहिरो दुःख प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट