थप ८९९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३९ हजार ४६० पुग्यो-Sutra News

थप ८९९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३९ हजार ४६० पुग्यो

सोमबार, १५ भाद्र २०७७

सोमबार, १५ भाद्र २०७७

काठमाडौं- पछिल्लो २४ घन्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरि गरिएको पीसीआर परीक्षणबाट यी संक्रमित देखिएका हुन्।



योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ। त्यस्तै थप ५८८ जना कोरोनामुक्त भएका छन्। हालसम्म २१ हजार ४१० जना कोरोनामुक्त भएका छन्।

मन्त्रालयका अनुसार सोमबार थप ७ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट