काठमाडौं- काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै सोमबार थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने थप ७ जनाको मृत्यु भएको थियो। नेपालमा हालसम्म २१ हजार ४१० जना कोरोनामुक्त भएका छन्।