भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन, कोरोना संक्रमित थिए उनी-Sutra News

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन, कोरोना संक्रमित थिए उनी

सोमबार, १५ भाद्र २०७७

सोमबार, १५ भाद्र २०७७

नयाँ दिल्ली- भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ। उनको ८४ वर्षको उमेरमा निधन भएको उनका छोरा अभिजितले पुष्टि गरेका छन्।



उनले ट्वीटरमार्फत् बुबाको मृत्यु भएको उल्लेख गरेका छन्। ‘डाक्टरहरुले बचाउने प्रयास गर्दागर्दै मेरा पिता श्री प्रणव मुखर्जी रहनुभएन। यस दुःखद घडीमा हामीप्रति देखाउनुभएको स्नेहका लागि सबैप्रति आभार,’ उनले ट्वीटरमा लेखेका छन्।

स्वास्थ्यमा समस्या आएपछि मुखर्जी केही दिनदेखि नयाँ दिल्लीस्थित आरआर अस्पतालमा उपचार गराइरहेका थिए। उनीमा कोरोना संक्रमणसमेत देखिएको थियो।

मुखर्जी भारतका १३औं राष्ट्रपति चुनिएका थिए। उनको निधनमा भारतीय राष्ट्रपति राम नाथ कोभिन्दले दुःख व्यक्त गरेका छन्।

मुखर्जीको निधनसँगै एक युगको समाप्ति भएको उनले ट्वीटरमा उल्लेख गरेका छन्। ‘पूर्व राष्ट्रपति श्री प्रणव मुखर्जीको निधनबारे सुनेर एकदमै मर्माहत बनाएको छ। उनको निधन एक युगको समाप्ति हो। उनका परिवारप्रति हार्दिक संवेदना,’ उनले ट्वीटरमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट