काठमाडौं महानगरका मेयरलाई कोरोना सङ्क्रमण-Sutra News

काठमाडौं महानगरका मेयरलाई कोरोना सङ्क्रमण

सोमबार, १५ भाद्र २०७७

सोमबार, १५ भाद्र २०७७

काठमाडौं- काठमाडौंं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रमुख शाक्यको सचिवालयका अनुसार उहाँको आइतबार स्वाब परीक्षणका लागि दिइएकामा आज सङ्क्रमण पुष्टि भएको हो।



हालः प्रमुख शाक्य कामपा वडा नं १९ लगनटोलस्थित निजी निवासमा आइसोलेशनमा रहेका छन्। उनमा कोभिड-१९ का कुनै लक्षण नदेखिएको कामपा प्रशासन विभाग प्रमुख नमराज ढकालले जानकारी दिए। उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताइएको छ। उनकी पत्नीको भने रिपोर्ट नेगेटिभ आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट