बीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित पुरूषको मृत्यु-Sutra News

बीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित पुरूषको मृत्यु

मंगलबार, १६ भाद्र २०७७

मंगलबार, १६ भाद्र २०७७

काठमाडौं- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। भदौ १० गते साँझ ७ बजे बीपी प्रतिष्ठानमा भर्ना भएका उनको उपचारका क्रममा सोमबार राति ८ः ४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए।



सिरहा मिर्चैया-६, का ६५ वर्षीय उनलाई भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी बिराटनगर मेडिकल कलेजबाट रेफर गरिएका बिरामी हुन्।

कोरोना संक्रमित उनीमा १० दिनदेखि ज्वरो, खोकी, श्वास फेर्न गाह्रो हुने लगायका समस्याले भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था आएपछि विराटनगर अस्पतालले बीपी प्रतिष्ठानमा रेफर गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट