चितवनमा थप ४० जनामा कोरोना संक्रमण-Sutra News

चितवनमा थप ४० जनामा कोरोना संक्रमण

मंगलबार, १६ भाद्र २०७७

मंगलबार, १६ भाद्र २०७७

चितवन- चितवनमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालको कोभिड ल्यावमा गरिएको परीक्षणमा ४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। 



चितवनका १५ सहित २० जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जना चितवनकै २० जनामा कोरोना देखिएको छ। 

भरतपुर अस्पतालको कोभिड ल्यावकी प्रमुख डा.नीतु अधिकारीका अनुसार सोमबार राति ११ बजे प्राप्त विवरणअनुसार १८ देखि ७३ वर्ष उमेर समूहका २० जना कोराना संक्रमित छन्।  

संक्रमित हुनेमा भरतपुर नगरपालिकाका विभिन्न ७ वटा वडाका ३४ देखि ६५ वर्षसम्मका ६ पुरूष र १८ देखि ५५ वर्षसम्मका ५ महिला छन्।

यस्तै राप्तिका १ पुरूष र २ महिला तथा रत्ननगरका १ पुरूषमा संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालकै ल्यावमा भएको परीक्षणमा नवलपरासी, कैलाली, पर्सा, अछाम र रौतहटका एकरएक जना गरी थप ५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा चितवनको भरतपुर नगरपालिकाका थप २० जनामा संक्रमण पुष्टि भएको छ। सोमबार अबेर राति सार्वजनिक गरिएको विवरण अनुसार २६ देखि ४९ वर्ष उमेर समूहका १५ जना महिला र ३३ देखि ६५ वर्ष सम्मका ५ पुरूषमा संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट