भारतमा थप ६८ हजारमा कोरोना संक्रमण-Sutra News

भारतमा थप ६८ हजारमा कोरोना संक्रमण

मंगलबार, १६ भाद्र २०७७

मंगलबार, १६ भाद्र २०७७

एजेन्सी- भारतमा पछिल्लो २४ घण्टामा ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार विहानसम्म६८ हजार ७७० जना संक्रमित भएका छन्। योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख ८७ हजार ९३९ पुगेको छ।



संक्रमितमध्ये अहिलेसम्म २८ लाख ३७ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८५ हजार १२७ जनाको उपचार भइरहेको छ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६५ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ८१८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६५ हजार ४३५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट