प्रदेश १ का सामाजिक विकासमन्त्रीलाई कोरोना संक्रमण-Sutra News

प्रदेश १ का सामाजिक विकासमन्त्रीलाई कोरोना संक्रमण

मंगलबार, १६ भाद्र २०७७

मंगलबार, १६ भाद्र २०७७

विराटनगर– प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस संक्रमण देखापरेको छ। प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उनलाई संक्रमण पुष्टि भएको हो ।



यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ।

मन्त्री घिमिरे शनिबार साँझदेखि निवासमै रहेका छन्। उनको स्वास्थ अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट