वीरगन्जमा कोरोनाबाट पुरूषको मृत्यु-Sutra News

वीरगन्जमा कोरोनाबाट पुरूषको मृत्यु

मंगलबार, १६ भाद्र २०७७

मंगलबार, १६ भाद्र २०७७

काठमाडौं- वीरगन्जमा थप एकजना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत ६० वर्षीय पुरूषको सोमबार राति मृत्यु भएको हो।



अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले दिएको जानकारी अनुसार ठेगाना नखुलेका उनलाई गत आइतबार अस्पताल भर्ना गरिएको थियो।

उनलाई गत आइतबार एक समुहले अचेत अवस्थामा अस्पताल ल्याएको थियो। तर,सोमबार राति उपचारको क्रममा मृत्युपछि उनको परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो।

योसँगै वीरगन्जमा कोरोना संक्रमितको मृतकको संख्या २ सय ३१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट