कावासोती- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा मंगलबार तीन बालबालिकासहित थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नवलपरासी पूर्वमा कोरोना संक्रमित संख्या ४ सय ७७ पुगेको छ।
मंगलबार संक्रमित हुनेहरूमा बिनयी त्रिवेणी गाउँपालिकाका १ महिला, १ पुरुष र देवचुली नगरपालिकामा ६ महिला र २ पुरुष गरी ८ जनामा कोरोन संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
बिनयी त्रिवेणी गाउँपालिका वडा नं. १ का ११ बर्षकी बालिका र २६ बर्षका पुरुषमा, देवचुली नगरपालिका वडा नं. १३ का २६ बर्षका पुरुषसँगै ५० बर्षकी महिला र १४ बर्षकी बालिकामा पनि कोरोना पुष्टि भएको छ। यस्तै देवचुलीकै वडा नं. १६ का ५५ र २७ बर्षको महिलासँगै ६ बर्षकी बालिकामा पनि कोरोना देखिएको छ। वडा नं. १ मा पनि ५३ बर्षका पुरुष र २४ बर्षकी महिलामा पनि कोरोना पुष्टि भएको छ।
नवलपरासी पूर्वमा उपचापछि निको हुनेको संख्या भने ३ सय ३९ पुगेको छ। जिल्लाको बिनयी त्रिवेणी गाउँपालिकामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ।