नोलन निर्देशित ‘टेनेट’को व्यापार उत्साहजनक-Sutra News

नोलन निर्देशित ‘टेनेट’को व्यापार उत्साहजनक

मंगलबार, १६ भाद्र २०७७

मंगलबार, १६ भाद्र २०७७

एजेन्सी- कोरोना भाइरसको महामारी विश्वभर फैलिएपछि ठूलो पर्दामा देखिएको सिनेमा ‘टेनेट’ ले उत्साहजनक व्यापार गरेको छ। क्रिष्टोफर नोलन निर्देशित उक्त सिनेमाले आशा गरेभन्दा राम्रो व्यापार गरेको प्रोडक्सन कम्नी वार्नस ब्रोजले बताएको छ। सिनेमा २० करोड अमेरिकी डलरमा निर्माण भएको थियो। 



कम्पनीका अनुसार अन्तर्राष्ट्रिय रुपमा प्रदर्शनमा आएको सिनेमाले मंगलबारसम्म ५ करोड ३० लाख अमेरिकी डलरभन्दा बढी व्यापार गरिसकेको छ। कम्पनीका अनुसार सिनेमाले बेलायतमा ७१ लाख, फ्रानसमा ५७ लाख, जर्मनीमा ४.२ लाख अमेरिकी डलर कमाएको छ। त्यसैगरी युरोपका ३२ ठाउँ, मध्यपूर्व र अफ्रिकी मुलुकमा गरी सिनेमाले ३ करोड ७० लाख अमेरिकी डलरको व्यापर गरेको पनि कम्पनीले जनाएको छ ।

सिनेमालाई जुलाई २३ बाट अन्तर्राष्ट्रिय रूपमा प्रर्दशन गरिएको थियो। अहिले विश्वका विभिन्न देशमा सिनेमालाई फरक–फरक मितिदेखि प्रर्दशन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट