काठमाडौं– पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट निधन भएको छ।
उनी लामो समयदेखि मुटुको रोगी थिए। ७० वर्षीय चालिसेको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचारको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।
केही दिनयता अस्पताल भर्ना भएका चालिसेको उपचारकै क्रममा कोरोना पुष्टि भएको थियो।