काठमाडौं– दलितको कथामा बनेको ‘कालीगण्डकीको सेरोफेरो’ पुन: प्रसारण हुने जातीय विभेदको कथामा बनेको टेलिशृंखला ‘कालीगण्डकीको सेरोफेरो’ नेपाल टेलिभिजन प्लसबाट पुन: प्रसारण हुने भएको छ।
आगामी २१ गतेबाट आइतबार देखि बुधबार सम्म हरेक राति ९:३० बजे पुन:प्रसारण गर्न लागिएको टेलिशृखलाका कथा, पट कथा तथा संवाद लेखक अविनाश श्रेष्ठले जानकारी दिए । २० भागसम्म रहेको यो टेलिशृंखला २०५३ सालमा नेपाली टेलिभिजनबाट प्रसारण भएको थियो। तर, त्यतिबेला यो १६ भाग मात्र प्रसारण गरिएको थियो।
म्याग्दीको बेनी आसपास खिचिएको यो सिरियलमा दलित नै नायक, कथा पनि दलितकै थियो। त्यतिबेला निकै चर्चामा आएको यो सिरियल देखाउन नेपाल टेलिभिजनबाट मुस्किलले प्रसारण गरिएको लेखक श्रेष्ठ बताउँछन्। एनटिभीका अरू टेलिसिरियलहरू पुनःप्रसारण पनि भए, यसलाई पुनः प्रसारण गरिएको थिएन।