थप १ हजार ६९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४० हजार नाघ्यो-Sutra News

थप १ हजार ६९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४० हजार नाघ्यो

मंगलबार, १६ भाद्र २०७७

मंगलबार, १६ भाद्र २०७७

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरि गरिएको पीसीआर परीक्षणमा यी संक्रमित देखिएका हुन्।



योसँगै नेपालमा कूल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ। त्यस्तै २२ हजार १७८ जना कोरोनामुक्त भएका छन्। मंगलबार थप ७६८ जना कोरोनामुक्त भएका छन्।

मन्त्रालयका अनुसार मंगलबार थप ११ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट २३९ जनाको मृत्यु भएको छ।

त्यस्तै नेपालमा अहिले १८ हजार १२२ जना देशभरिका विभिन्न आइसोलेसनमा उपचाररत छन् भने ७ हजार ३९० जना क्वारेन्टीनमा रहेका छन्।

नेपालमा अहिलेसम्म ७ लाख ५ हजार ५६० पीसीआर परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट