काठमाडौं- काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना संक्रमित थपिएका हुन्।
मंगलबार देशभरि १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। थप ७६८ जना कोरोनामुक्त भएका थिए भने ११ जनाको मृत्यु भएको थियो।