

काठमाडौं- बंगलादेशसँग मल पैंचो लिन कृषि मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ। रासायनिक मलको अभाव भएपछि सरकारले बंगलादेशसँग पैंचो (सापटी) लिने तयारी गरेको हो।
मलको अभाव कम गर्न ५० हजार टन युरिया मल पैंचोका रुपमा ल्याउने कुरा भइरहेको कृषि मन्त्रालयको प्रवक्ता हरिबहादुर केसीले जानकारी दिएका छन्।
यसका लागि दुई देशका कृषि मन्त्रालयका अधिकारीहरुबीच छलफल भइरहेको स्रोतले बताएको छ। मल पैंचो ल्याउका लागि सरकारले एक महिना अगाडिबाट छलफल गरेको थियो। अहिले सरकार सहमतिको नजिक पुगेको कृषि मन्त्रालयका प्रवत्ता केसीले बताए। एकहप्ताभित्र छलफल भइसक्ने र प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।