

काठमाडौं- यसवर्ष दसैंका लागि नयाँ नोट वितरण सम्बन्धमा कुनै निर्णय नभएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। दसैं आउन केही समय बाँकी रहेकाले यो महिना कुनै पनि निर्णय नहुने राष्ट्र बैंकले बताएको हो।
दसैंका लागि नयाँ नोट वितरण गर्ने नगर्ने विषयमा अर्को महिनामात्र निर्णय हुने राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए।
पछिल्लो समय बाहिर नयाँ नोट नबाँडिने भन्दै सूचना प्रवाह भएको थियो। ‘बाहिर आएको समाचारहरु गलत हुन्, हामीले कुनै निर्णय नै नगरी जथाभाबी प्रचार गरिएको छ,’ उनले भने।
राष्ट्र बैंकले दसैंका लागि भन्दै हरेक वर्ष नयाँ नोट वितरण गर्ने गरेको छ।