अन्तर्राष्ट्रिय पदक विजेता केसी सङ्क्रमित-Sutra News

अन्तर्राष्ट्रिय पदक विजेता केसी सङ्क्रमित

मंगलबार, १६ भाद्र २०७७

मंगलबार, १६ भाद्र २०७७

काठमाडौं- नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसी कोरोना सङ्क्रमित भएका छन्। काठमाडौं महानगरपालिका-१४ कलङ्कीका ७२ वर्षीय उनलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो।



दिसामा रगत देखिएपछि केसीलाई काठमाडौंको बयोधा अस्पताल लगिएको थियो। सो अस्पतालमा उपचार गर्नुअघि उनको पीसीआर परीक्षणका लागि स्वाव सङ्कलन गरिएको केसीका जेठा छोरा योगेन्द्र केसीले जानकारी दिए।

केसीको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको टेकु अस्पतालले सोमबार साँझ फोनमा जानकारी गराएको थियो। केसी हालः घरमै आइसोलेसनमा बसेका छन्।

सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एसियाली एथलेटिक्स च्याम्पियनसीपमा केसीले कास्य पद प्राप्त गरेका थिए। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले प्राप्त गरेको यही नै पहिलो पदक हो। केसीले राष्ट्रिय प्रतियोगितामा पनि एक दर्जनभन्दा बढी स्वर्ण पदक जितेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट