रौतहट- विजय रामको घटनामा तीन प्रहरी निलम्बित गरुडास्थित प्रहरी हिरासतमा रहेका दलित किशोर विजयराम हत्या प्रकरणमा एक प्रहरी निरीक्षकसहित तीन प्रहरी निलम्बनमा परेका छन्।
प्रहरी हिरासतमा रहेका विजय रामलाई चरम यातना दिएको भन्दै प्रहरी निरीक्षक नवीनकुमार सिंहसहित प्रहरी निलम्बनमा परेका हुन्।
गरुडा नगरपालिका वडा नं ८ बसविट्टी जिंगडिया बस्ने २० वर्षीय निरञ्जन रामको हत्या भएको घटनामा संलग्न रहेको आशङ्कामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाले विजय रामलाई नियन्त्रणमा लिएको थियो।
प्रहरी नियन्त्रणमा लिइएका विजयसँग सोधपुछको बहानामा यातना दिएको भनिएको घटनामा संलग्न रहेका इप्रका गरुडामा कार्यरत प्रहरी निरीक्षक सिंह तथा प्रहरी हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नुकुमार सिंहलाई निलम्बन गरिएको प्रहरीबाट थाहा भएको छ।