काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का कारण सिर्जित आपतकालीन अवस्थामा स्वयंसेवकको माग गरेको छ। मंगलबार मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै स्वास्थ्कर्मी र सेवानिवृत्त स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्न इच्छा भएमा मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरेको हो।
मन्त्रालयले कोभिड-१९ को उपचारका लागि अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरुको आइसोलेसन तथा क्वारेन्टीनमा रहेका विरामीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन स्वयंसेवक भइ काम गर्न इच्छुक चिकित्स, नर्स, प्यारमेडिक्सलगायतका स्वास्थ्कर्मीहरुलाई आवेदन दिन अनुरोध गरेको छ।
विभिन्न जिल्ला तथा पालिकाहरुमा आवश्यकता तथा मागअनुसार खटाउने गरी मन्त्रालयले आवेदन दिन आह्वान गरेको मन्त्रालयले विज्ञप्तीमा जनाइएको छ।
स्वयंसेवक भई काम गर्न इच्छुकले फारमसहित आफ्नो पछिल्लो शैक्षिक योग्यताको ट्रान्स्क्रिप्ट र नागरिकताको प्रतिलिपिलाई फारममा भर्नुपर्ने छ।
विज्ञप्तीका अनुसार स्वयंसेवक भई काम गर्न चाहनेहरुले फर्म भरेर आफ्नो नाम टिपाउन सक्छन्। यसरी नाम ठिपाउनेलाई मन्त्रालयले आवश्यकता अनुसारका ठाउँमा खटाउने गरी सम्पर्क गर्ने विज्ञप्तीमा जनाइएको छ।