काठमाडौंका ठाउँ-ठाउँमा ट्राफिक प्रहरीजस्तै देखिने ‘डमी’ (फोटोफिचर)-Sutra News

काठमाडौंका ठाउँ-ठाउँमा ट्राफिक प्रहरीजस्तै देखिने ‘डमी’ (फोटोफिचर)

बुधबार, १७ भाद्र २०७७

बुधबार, १७ भाद्र २०७७

काठमाडौं- महानरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिका लागि उपत्यकाका विभिन्न ठाउँमा ‘डमी’ राखेको छ। सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गरी सडक दुर्घटना न्यूनीकरण गर्न महाशाखाले सडक छेउमा ट्राफिक प्रहरीजस्तै देखिने ‘डमी’ राखेको हो।



टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटनाको सम्भावना कम हुने ट्राफिक प्रहरीको दाबी छ।

उपत्यकारभर २२ वटा राखिएको ‘डमी ट्राफिक’ को हातमा ट्राफिक नियम उल्लङ्घन गरेमा ५०० देखि १०,००० सम्म जरिवाना हुने जानकारी लेखिएको बोर्ड पनि देख्न सकिन्छ।

उक्त ट्राफिक डमीहरू महाशाखाको पहलमा काठमाडौं महानगरपालिकासँग सहकार्य गरी राखेको महाशाखाले जनाएको छ।

नयाँ बानेश्वर चोक, माइतिघर, सिंहदरबार, सिंहदोबाटो, बालुवाटार, भोटाहिटी, एकेडेमी मोड, लैनचौर,  रणोद्विप, भद्रकाली, थापाथली, कालिमाटी चोक, कलंकी चोक, कोटेश्वर चोक, जडिबुटी चोक, गौशाला, पुरानो बानेश्वर चोक, ल्होत्से चोक, कृष्ण पाउरोटी, पद्मोदय मोड, नागढुङ्गा र जगातीमा राखिएका छन्।

तस्बिरमा हेर्नुहोस् डमी

dami 8 .jpgdami 7 .jpgdami 1 .jpgdami 3 .jpgdami 2 .jpgdami 5 .jpgdami 9.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार