चितवनमा थप ४१ जना कोरोना संक्रमित-Sutra News

चितवनमा थप ४१ जना कोरोना संक्रमित

बुधबार, १७ भाद्र २०७७

बुधबार, १७ भाद्र २०७७

काठमाडौं– चितवनमा थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेल परीक्षण प्रयोगशालाबाट मंगलबार राति प्राप्त रिपोर्टमा चितवनका ४१ जनामा संक्रमण पुष्टि भएको हो।



भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २८ जना र धुलिखेलमा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो। 

प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीका अनुसार भरतपुरमा गरिएको परीक्षणमा अन्य विभिन्न जिल्लाका ७ समेतगरी ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

संक्रमित हुनेहरू २१ देखि ८० वर्ष सम्मका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट