भैरहवामा कोरोना संक्रमित महिलाको मृत्यु-Sutra News

भैरहवामा कोरोना संक्रमित महिलाको मृत्यु

बुधबार, १७ भाद्र २०७७

बुधबार, १७ भाद्र २०७७

काठमाडौं– भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी पश्चिमकी एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। रामग्राम नगरपालिका–५, परासीकी ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो।



भदौ १५ गते अस्पतालमा भर्ना भएकी महिलाको मंगलबार राति ९ः४५ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलले सूत्रन्युजलाई जानकारी दिए।

‘भदौ १५ गते यस अस्पतालामा भर्ना भएकी रामग्राम नगरपालिका–५, परासीकी ६५ वर्षीया महिलाको मंगलबार राति ९: ४५ बजे निधन भएको छ, सूचना अधिकारी डा.पोखरेलले सूत्रन्युसँग भने, ‘कोरोना भाइरस संक्रमित महिलामा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि आइसियूमा राखेर उपचार भइरहेको थियो।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट