

सिन्धुपाल्चोक- गैरआवासीय नेपाली संघ र सिन्धु सोसाइटी अमेरिकाले लिदी पहिरोपीडितका लागि सहयोग गरेका छन्।
मंगलबार गैरआवासीय नेपाली संघका तर्फबाट रु पाँच लाख र सिन्धु सोसाइटीको तर्फबाट रु चार लाख गरी रु नौ लाख जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई सहयोग हस्तान्तरण गरिएको सिन्धु सोसाइटीका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए।
गैर-आवासीय नेपाली संघका तर्फबाट केन्द्रीय उपाध्यक्ष सोनाम तामाङ र सिन्धु सोसाइटीका स्थानीय प्रतिनिधि छेवाङ शेर्पाले सो रकम हस्तान्तरण गरेका हुन्।
पहिरोले ३९ घरमा पूर्णरूपमा क्षति पुर्याएको थियो। पहिरोपीडितलाई अहिले सुरक्षित स्थानमा सारिएको छ।