

काठमाडौं- सुनचाँदीको भाउ घटेको छ। मंगलबारको तुलनामा बुधबार छापावाला सुनको भाउ प्रतितोला एक हजार दुई सयले घटेर ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ। मंगलबार यसको भाउ ९८ हजार चार सय रुपैयाँ थियो।
यता तेजावी सुनको भाउ पनि एक हजार दुई सय रुपैयाँले नै घटेर ९६ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। मंगलबार यसको भाउ ९७ हजार नौं सय रुपैयाँ थियो।
यता चाँदीको भाउ प्रतितोला ३० ले बढेर एक हजार तीन सय ६५ रुपैयाँ कायम भएको छ। मंगलबार यसको भाउ एक हजार तीन सय ९५ रुपैयाँ थियो।