काठमाडौं- शिक्षण अस्पताल महाराजगमा उपचाररत दुई जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। अस्पतालका कोभिड कमिटीका सदस्य डा.सविन थपलियाका अुनसार मृत्यु हुनेमा तनहुँकी २० वर्षीया युवती र काठमाडौंका ७५ वर्षीय वृद्ध छन्।
उनले दुबै संक्रमितको मंगलबार बेलुका मृत्यु भएको जनाए। तनहुँ स्थायी घर भएकी युवती किड्नी फेल भएर डायलासिस गराउँदै आएकी थिइन्।
काठमाडौंका वृद्ध भने १५ गते अस्पताल भर्ना भएका थिए। मधुमेह र रक्तचापको समेत रोगी रहेका उनलाई पहिलो दिनदेखि नै आइसियूमा भर्ना गरिएको थियो।