झापा झिलझिलेको जंगलमा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला-Sutra News

झापा झिलझिलेको जंगलमा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला

बुधबार, १७ भाद्र २०७७

बुधबार, १७ भाद्र २०७७

काठमाडौं– झापाको झिलझिलेबाट एक किलोमिटर उत्तर रतुवामाई बृक्षारोपण आयोजनाको जंगलमा एक पुरुषको शव फेला परेको छ। धारिलो हतियार प्रयोग गरेर घाँटी काटिएको अवस्थामा स्थानीय शिवसताक्षी नगरपालिका वडा नम्बर ११ बस्ने गोमनसिंह मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिए।



मंगलबार साँझदेखि घरबाट हराएका २९ वर्षीय मगरको बुधबार विहान १० बजेतिर जंगलमा शव भेटिएको हो। प्रहरीका अनुसार घटनास्थलदेखि १०० मिटर उत्तरमा एक मोटरसाइकलसमेत फेला परेको छ। स्थानीयवासीका अनुसार उक्त मोटरसाइकल करिब १ महिनादेखि उनैले चलाउँदै आइरहेका थिए।

प्रहरीले मगरको हत्या आशंका गरेको छ। शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। ‘हामी घटनाको अनुसन्धान गरिरहेका छौं। अनुसन्धानका लागि धरानबाट ट्याकर डगसमेत मगाएका छौं,’ एसपी कोइरालाले सूत्रन्युजसँग भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट