काठमाडौं- नेकपा नेता रघुवीर महासेठको पहलमा धनुषामा असिनापानी र हावाहुरीबाट पीडित भएकाहरुलाई जस्तापाता सहयोग गरिएको छ।
उनले धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाका २ हजार १४४ परिवारलाई जस्तापाता सहयोग गरेका हुन्। उनले हरेक परिवारलाई दुई बन्डल जस्तापाता सहयोग गरेका हुन्।
गत वैशाख १२ गतेको हवाहुरी र असिनापानीले घरमा क्षति पुग्दा उनीहरु पीडित बनेका थिए। पूर्वमन्त्री समेत रहेका महासेठले मन्त्रीस्तरीय निर्णय गराएर उनीहरुलाई सहयोग गरेका हुन्।