काठमाडौं- काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना संक्रमित थपिएका हुन्।
नेपालभरि बुधबार थप ११२० जनामा कोरोना संक्रमण देखिएको थियो। मन्त्रालयका अनुसार १११२ जना संक्रमित कोरोनामुक्त भएका थिए भने थप १२ जना संक्रमितको मृत्यु भएको थियो।