बुधबार सेयर बजारमा ४ अर्ब माथिको कारोबार-Sutra News

बुधबार सेयर बजारमा ४ अर्ब माथिको कारोबार

बुधबार, १७ भाद्र २०७७

बुधबार, १७ भाद्र २०७७

काठमाडौं- पछिल्लो समय सेयर बजारले दैनिक उकालोयात्रा तय गरिरहेको छ। सेयर बजार उकालो लाग्नुको कारण लगानीकर्ताहरुको मनोवल उच्च हुनु हो। अहिलेको समयमा अन्य व्यापार व्यवसाय ठप्प बनेका छन्। जसका कारण लगानीकर्ताहरु सेयर बजारमा आएका छन्। त्यसैले निषेधाज्ञाको बावजुत पनि सेयर बजारले उकालो यात्रा तय गरको हो।



बुधबार नेप्से सूचक २५.५८ अंकले बढेर १५१०.५७ बिन्दु माथि पुगेको छ। १८६ कम्पनीको ४ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। ९६ लाख ८६ हजार ९ कित्ता सेयर खरिदबिक्री भएको छ।

जीवन र निर्जीवनबाहेक बाँकी सबै समूहका सूचक घटेका छन्। सबैभन्दा धेरै हाइड्रोपावर समूहको सूचक माथि लागेको छ। वाणिज्य बैंक समूहको सूचकमा पनि सुधार देखिएको छ।

आज आठ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। १० प्रतिशतले उकालो लाग्ने अधिकांश हाइड्रोपावर कम्पनीहरु रहेका छन्। यता, सबैभन्दा धेरै प्रभु इन्सुरेन्सको भाउ ४.४१ प्रतिशतले घटेको छ।

सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पीको ६७ करोड ४२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यसैगरी, शिखर इन्सुरेन्स, नेसनल लाइफ इन्सुरेन्स धेरै कारोबार हुनेमा दोस्रो र तेस्रो स्थानमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट